ट्रेण्डिङ

होमपेज / खेलकुद

आज ब्रिगेड र सातदोबाटो भिड्दै  

ए–डिभिजन लिग

नेपालगाथा २०७८ फाल्गुण ९ गते सोमबार ११:१३:२१ मा प्रकाशित

काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ए –डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सात दोबाटो यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेडका लागि यस खेल निकै महत्त्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

ब्रिगेड ११ खेलमा ७ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । सात दोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ । सात दोबाटो ११ खेलमा १५ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । सात दोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । यस्तै च्यानल रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top