होमपेज / खेलकुद
काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा आयोजक ओमानलाई ३९ रनले हराएको छ ।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो । नेपालले ओमानमाथि ३९ रनको जित दर्ता गर्दा सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।
नेपालले सन्दीप लामिछानको कप्तानीमा आधिकारिक प्रतियोगितामा जितेको यो पहिलो खेल हो ।