ट्रेण्डिङ

होमपेज / खेलकुद

स्पानियोलसँग बार्सिलोनाको संघर्षपूर्ण बराबरी

नेपालगाथा २०७८ फाल्गुण २ गते सोमबार १०:४६:२६ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्पानियोलसँग संघर्षपूर्ण बराबरी गरेको छ। सुरुवाती अग्रताका बाबजुत बार्सिलोना दोस्रो हाफमा २-१ ले पछि परेको थियो। तर इन्जुरी समयमा बार्सिलोनाले एक अंक खोस्दै अंक तालिका समेत सुधार गर्‍यो। बार्सिलोना हार उन्मुख रहँदा इन्जुरी समयको छैटौं मिनेटमा डि जोङले बार्सिलोनाको हार टार्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए। पेड्रीले भली गोलमार्फत दोस्रो मिनेटमा नै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा नै बराबरी गर्ने क्रममा स्पानियोलका सर्जी डार्डरले गोल गरे। दोस्रो हाफमा घरेलु टोलि स्पानियोलले राहुल डी टोमसको गोलमार्फत ६४ औ मिनेटमा खेलमा अग्रता लियो।

निर्धारित ९० मिनेटको अग्रता स्पानियोलले इन्जुरी समयको अन्तिम मिनेटमा जोगाउन सकेन। अतिरिक्त समयमा तीन खेलाडीले रातो कार्ड पाएका थिए। स्पानियोलका मेलामेड दोहोरो पहेलो कार्डका कारण मैदान छाड्दा मोरेलेन्सले सिधै रातो कार्ड पाएका थिए। बार्सिलोनाका पनि पिकेले दोहोरो पहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए। बराबरी पछि बार्सिलोनाले एक अंक जोड्दै एट्लेटिको मड्रिडलाई उछिन्दै ३९ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिंदा स्पानियोल २८ अंक सहित तालिकाको १३ औं स्थानमा छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top