होमपेज / खेलकुद
काठमाडौँ । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
चेल्सीले शनिबार राति ब्राजिलियन क्लब पालमेइरसलाई २–१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि जितेको हाे। चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे । पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे ।