ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने

नेपालगाथा २०७८ माघ २९ गते शनिबार १२:३९:४७ मा प्रकाशित

काठमाडौँ । चारदेशीय टी–२० सिरिज अन्तर्गत नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । खेल अब केही बेरमा ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। नेपालले युएईविरुद्ध सिरिजको दोस्रो खेल आज खेल्दै हो। आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको छ। ग्लोबल छनोटमा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहाराईन, आयरल्यान्ड र जर्मनी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top