ट्रेण्डिङ

होमपेज / खेलकुद

फ्रेन्च लिग वान : पिएसजी विजयी

नेपालगाथा २०७८ माघ २९ गते शनिबार ११:१५:५३ मा प्रकाशित

काठमाडौं। फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार भएको खेलमा पिएसजी विजयी भएको छ। केलियन एम्बाप्पेले अतिरिक्त समयमा गरेको एकमात्र गोलमा पिएसजीले रिम्सलाई १-० ले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानको मार्सेलीसँग १६ अंकको अग्रता बनाउन सफल भयो। निर्धारित तथा इन्जुरी समयमा पनि बराबरीतर्फ उन्मुख भएको खेलमा पिएसजीले घरेलु मैदानमा गोलका निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन। 

६ मिनेट थप गरिएको इन्जुरी समयमा लियोनेल मेसीको असिस्टमा एम्बाप्पेले गोल गर्दा पिएसजीले ३ अंक हाँसिल गर्‍यो। जितसँगै २४ खेलमा पिएसीले १८ खेलमा जित निकाल्न सफल भयो। पिएसजी १ खेलमा पराजित भएको छ भने बाँकी ५ खेलमा बराबरी गरेको छ। पछिल्ला चार खेलमा उसको यो लगातार जित हो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top