होमपेज / खेलकुद
काठमाडौं। स्पेनीस ला लिगामा बार्सिलोना सिजनमा पहिलो पटक शीर्ष चारमा पुगेको छ। जाभी हर्नान्डेजको प्रशिक्षणमा रहेको बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिको म्यड्रिडमाथि ४-२ को जित निकाल्यो। खेलको आठौं मिनेटमा कारास्काको गोलमार्फत एट्लेटिको म्याड्रिडले अग्रता बनाएपनि जोगाउन भने सकेन। खेलको १० औं मिनेटमा जोर्डी अलवाले डानी एल्भेसको पासको सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए।
२१ औं मिनेटमा अघिल्लो महिनामात्र उल्भ्सबाट बार्सिलोनामा आएका एडम टोउरेको पासमा गाभीले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए। त्यसपछि ४३ औं मिनेटमा फेरान टोरेसको पासमा अराजुले गोल गर्दा बार्सिलोना पहिलो हाफमानै बलियो बन्यो। ५९ औं मिनेटमा डानी अल्भेसले गोल गरे। ५८ औं मिनेटमा आफ्नो पूर्व क्लवविरुद्ध लुइस स्वारेजले गोल गर्दै खेल ४-२ मा पुर्याएका थिए। ६९ औं मिनेटमा डानी अल्भेस रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए। जसका कारण बार्सिलोना १० खेलाडीमा सिमित भएपनि त्यसको फाइदा उठाउन भने एट्लेटिको असफल भयो।
जितसँगै बार्सिलोनाले २२ खेलमा ३८ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ। तर शिर्ष स्थानको रियल भन्दा बार्सिलोना अझै १२ अंकले पछि रहेको छ। एट्लेटिकोको २२ खेलमा ३६ अंक छ। एट्लेटिकोले यो सिजनमा ब्यहोरेको यो पहिलो ठूलो हार हो। एजेन्सी ।