ट्रेण्डिङ

होमपेज / खेलकुद

तनावपूर्ण खेलमा मरिससविरुद्ध नेपालको जित

नेपालगाथा २०७८ माघ १८ गते मंगलबार १९:०७:२५ मा प्रकाशित

काठमाडौं । चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ । 

दशरथ रंगशालामा जारी खेलको ११औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । ७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो ।

दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाइभ गर्दै बचाए ।

निर्धारित ९० मिनेटको समय सकिन दुई मिनेट बाँकी हुँदा दशरथ रंगशालामा बत्ती गएपछि खेल झण्डै १० मिनेट स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top