ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालगाथा २०७८ माघ १५ गते शनिबार १०:४२:२९ मा प्रकाशित

काठमाडौं। नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल शनिबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। दुवै टिम सुखद् नजिताको लक्ष्य लिएर मैदान उत्रिने छन्। केही सातादेखि तयारी गरिरहेको नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ। खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन्।

पत्रकार सम्मेलनमा उपस्थित नभएका प्रशिक्षका अबदुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका छन्। स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले किरण श्रेष्ठले बताए। श्रेष्ठले अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताएका छन्।

यस्तै‚ मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top