ट्रेण्डिङ

होमपेज / खेलकुद

आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दै

आहा रारा गोल्डकप

नेपालगाथा २०७८ माघ १३ गते बिहीबार ११:३२:०५ मा प्रकाशित

काठमाडौं । आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले पराजित गरेको हो। 

यसैबीच सेमिफाइनलको दोस्रो खेलमा आयोजकले दर्शकहरुलाई प्रवेशको अनुमति दिएको छ। साहरा क्लबका अनुसार प्रवेशका लागि खोप कार्ड अनिवार्य हुनुपर्नेछ। त्यस्तै मास्क लगायत स्वास्थ्यका मापदण्ड पालना गरेको हुनुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top