ट्रेण्डिङ

होमपेज / खेलकुद

आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै

आहा ! रारा गोल्डकप

नेपालगाथा २०७८ माघ १० गते सोमबार १०:३८:३७ मा प्रकाशित

पर्वत । पोखरा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमबार दिउसो साढे दुई बजे पोखरा रंगशालामा खेल हुने छ। ए डिभिजनका खेलमा प्रतिस्पर्धा गर्ने दुवै टोलीहरूको बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ। लिग च्याम्पियन रहेको मछिन्द्रमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूको सङ्ख्या बढी भएका कारण सङ्कटाले आजको खेल जित्न कडा मेहनत गर्नु पर्ने छ। 

आजको विजेताले सेमिफाइनलमा विभागीय टोली एएफपीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। आजको विजेता टोली र एपीएफबीचको खेल माघ १२ गते खेल हुने छ। प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेता पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top