ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै

आहा-रारा गोल्डकप

नेपालगाथा २०७८ माघ ७ गते शुक्रबार १४:२८:५३ मा प्रकाशित

पर्वत । पोखरामा जारी बिसौँ संस्करणको आहारारा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ। कोभिड-१९ संक्रमणका कारण दर्शकको उपस्थितिबिना नै चलिरहेको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। आयोजक सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ का अनुसार आजको विजेता टिमले आउँदो माघ ९ गते मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नु पर्नेछ।

शनिबार बिवाइएससी क्लब, अमेरिकासँग बिहीबार भएको उद्घाटन खेलको विजेता विभागीय टोली नेपाल एपिएफ क्लबको भिडन्त हुनेछ। यसको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्ने छ। माघ १० गतेको खेल मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबकोबीचमा खेल हुने छ। यो खेलको विजेता टोलीले माघ १२ मा शनिबारको खेलको विजेतासँग खेल्नेछ। यस्तै माघ ११ गते विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिमबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top