होमपेज / खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले कप्तानको जिम्मेवारीबाट हटाइँदा आत्मसम्मानमा चोट लागेको बताएका छन् ।
मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठ्यारो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए ।मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चार जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताए ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गर्न पुगेका ज्ञानेन्द्रले सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई विभिन्न आरोप लगाएर हटाइँदा दुःख लागेको बताए ।
‘‘यत्रो वर्ष क्रिकेटमा समय दियौँ । बिनाकारण यस्तो मुद्दामा विभिन्न कुराहरू निकालेर जसरी हटाउनुभयो, त्यसले व्यक्तिगत रूपमा अलि गाह्रो भयो,’’ ज्ञानेन्द्रले थपे, ‘‘खेलाडीको समस्या सम्बोधन हुनुपर्यो भन्दा विभिन्न आरोप लगाएर हटाउँदा दुःख लाग्यो । आत्मसम्मानको कुराले गर्दा मलाई अप्ठ्यारो परेको थियो ।’’