ट्रेण्डिङ

होमपेज / खेलकुद

बुधबारसम्म सबै खेलाडी प्रशिक्षणमा आउँछन:पुबुदु

नेपालगाथा २०७८ पौष १९ गते सोमबार १४:४८:१० मा प्रकाशित

काठमाडौं ।  बुधबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित हुने भएका छन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बुधबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित हुने दाबी गरेका हुन।

ओमानमा १५ फेब्रुअरीबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले  ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। त्यसका लागि शनिबारसम्म मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न भनिएको थियो । तर, क्यान र खेलाडीबीचको विवादका कारण शनिबार १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् । 

“पर्सीसम्म लगभग सबै जना प्रशिक्षणमा आउँछन् । सबैसँग सहमति भइसकेको छ,” सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा सञ्चारकर्मीसँग प्रशिक्षक पुबुदुले भने, “खेलाडीहरुले रिपोर्टिङ गरिसकेका छन् । उनीहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ । त्यसपछि पीसीआरको नतिजा नेगेटिभ आउने सबैजना प्रशिक्षणमा सामेल हुनेछन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top