ट्रेण्डिङ

होमपेज / खेलकुद

आज नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

नेपालगाथा २०७८ पौष १८ गते आइतबार ११:५०:१२ मा प्रकाशित

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ। उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ। एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top