होमपेज / खेलकुद
काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित दर्ता गरेको छ ।
रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको हाे।
खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो ।खेलको ३१औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै पराजय भोग्नु पर्यो ।
५७औं मिनेटमा सिटीका रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । ५९औं मिनेटमा गाब्रिएलले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भयो ।त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।