होमपेज / खेलकुद
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ ।
क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले बिहीबार राति बर्नलीलाई ३–१ ले हराउँदै इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको हाे।स्कट एमसी टोमिनीले आठौं मिनेटमा पहिलो गोल गरी सुरुआती अग्रत दिलाएका थिए । २७औं बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो ।
४–४–२ को फर्मेसनमा खेलेको युनाइटेडका लागि ३५औं मिनेटमा रोनाल्डोले तेस्रो गोल थपे ।