होमपेज / खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायेकेले नवनियुक्त कप्तान सन्दीप लामिछानेको प्रशंसा गरेका छन् ।
पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णयलाई आफूले चुनौती दिन नसक्ने बताएका छन् । सन्दीप कप्तानको भूमिकामा सफल हुने आशा उनले व्यक्त गरे ।
पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उनले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने पनि बताए ।"कप्तान परिवर्तनको निर्णय क्यान बोर्ड बैठकले गरेको हो । बोर्ड बैठकले गरेको निर्णयलाई म च्यालेन्ज गर्न सक्दिँन," उनले भने ।
सन्दीपले अन्डर १९ तथा फ्रेन्चाइज लिग इपीएलमा कप्तानी गरिसकेको उनले सम्झिए ।