होमपेज / खेलकुद
सुर्खेत । यही पौष १२ देखि १४ गतेसम्म बंगलादेशको ढाँकामा आयोजना हुने "अन्तर्राष्ट्रिय कंराते प्रतियोगितामा" सहभागी हुने अन्तरास्ट्रिय खेलाडीहरुलाई नेपाल खेलकुद महासंघ वीरेन्द्रनगर नगर कमिटीले शुक्रबार बिदाई गरेकाे छ । बिदाई कार्यक्रममा नेपाल खेलकुद महासघ केन्द्रीय सचीवालय सदस्य तथा कर्णाली प्रदेश संयोजक सुरज थापाले खादा लगाइदिँदै उच्च मनाेबलका साथ उत्कृष्ट खेल प्रदशन गर्दै मेडल जित्नका लागि खेलाडीकाे हाैसला बढाउनुभएकाे थियाे ।
उक्त प्रतियोगितामा सहभागी हुन सुर्खेतबाट खेलाडीहरु प्रकाश खड्का,सन्दिप महत र हिक्मत रोका बंगलादेशको ढाँकामा प्रस्थान गर्नेछन् ।
