होमपेज / खेलकुद
काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाललाई फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा आज भारतविरुद्ध कम्तिमा बराबरी गर्नुपर्नेछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ ।