ट्रेण्डिङ

होमपेज / खेलकुद

कारबाहीमा परेका चार खेलाडीले भने-हामीले क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो ?

नेपालगाथा २०७८ पौष २ गते शुक्रबार १७:३७:२७ मा प्रकाशित

काठमाडौं । क्यानको कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीहरूले अधिकारका लागि आवाज उठाएकै आधारमा आफूहरूमाथि कारबाही गरिएको बताएका छन् । 

 चार क्रिकेटरले आफूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।उनीहरूले आफूहरू अझै क्रिकेटमा देखिएको समस्या हल गर्न तयार रहेको पनि बताएका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलेअभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

"के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका बर्षे खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?," उनीहरूले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top