होमपेज / खेलकुद
काठमाडौं । साफ -१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।
उपाधि होड कायम राख्न नेपाललाई बाँकी खेल जित्नै पर्नेछ । नेपालले आज भुटानसँग, आइतबार भारतविरुद्ध खेल्न बाँकी छ ।