ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

नेपालगाथा २०७८ मंसिर १२ गते आइतबार १०:४०:१५ मा प्रकाशित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।

 नेपाल, हङकङ र यूएईका लागि आजको खेल निर्णायक हुनेछ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । त्यसकारण आजको खेल रोमाञ्चक हुनेछ । कारण हो, अघिल्लो चरण पुग्ने समीकरण । 

 नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top