ट्रेण्डिङ

होमपेज / खेलकुद

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

नेपालगाथा २०७८ मंसिर ९ गते बिहीबार १०:५१:०४ मा प्रकाशित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह 'ए' को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई  सुरुवाती अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल जेससले गरे। जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top