ट्रेण्डिङ

होमपेज / खेलकुद

युभेन्टसको पोस्टमा चेल्सीको चार गोल

नेपालगाथा २०७८ मंसिर ८ गते बुधबार ११:१८:१५ मा प्रकाशित

डिफेन्डिङ च्याम्पियन चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा इटालिनय क्लब युभेन्टसमाथि ४-० को फराकिलो जित निकाल्दै समूह एचको शीर्ष स्थानमा उक्लिएको छ। युभेन्टससँगै १२ अंक बनाए पनि चेल्सीले युभेन्टसलाई पछि पारेको हो। मंगलबार राति चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा युभेन्टस घरेलु टोलीसँग निरीह बन्यो। चेल्सीलाई च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गर्दै ट्रेभो चलोबाले २५ औं मिनेटमा सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीका लागि बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भयो। ५५ औं मिनेटमा रिस जेम्सले अग्रता दोब्बर पार्दा हुडन ओडोइसले तीन मिनेटपछि नै अग्रता ३-० मा पुर्‍याए। चौथो गोल अतिरिक्त समयमा टीमो वार्नरका नाममा रह्यो। थोमस टुचेलले चेल्सी समालेयता ५० खेलमा ३५ खेलमा जित निकालेका छन्। यसअघि सेप्टेम्बरमा टुरिनमा भएको खेलमा भने चेल्सी १-० ले पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top