होमपेज / खेलकुद
काठमाडौं । आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपाल आज भुटानसँग भिड्दैछ। दुबईको आईसीसी एकेडेमी ग्राउण्डमा दिउँसो सवा ३ बजे हुने खेलमा नेपाली महिला टोलीले भुटानको सामना गर्न लागेको हो। टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल र भुटान अहिलेसम्म भिडेका छैनन्।
हिजो भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। टी–ट्वेन्टी महिला विश्वकपको एसियाली छनोटअन्तर्गत अन्य खेलमा आज बिहान सवा ११ बजे युनाइटेड अरब इमिरेट्स र हङकङ भिड्दैछन्। त्यस्तै दिउँसो सवा ३ बजे मलेसिया र कुवेतको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। हिजोको खेलबाट हङकङ, युएई र भुटानले २–२ अंक जोडिसकेका छन्।