ट्रेण्डिङ

होमपेज / खेलकुद

अप्रत्यासित रुपमा पराजित भयो बार्यन म्युनिख

नेपालगाथा २०७८ मंसिर ४ गते शनिबार १०:१९:३५ मा प्रकाशित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिख अप्रत्यासित रुपमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख रेलिगेशन जोनबाट बाहिर रहन संघर्ष गरिरहेको एफसी अग्सबर्गसँग २–१ ले पराजित भएको हो । अग्सबर्गका लागि २३ औँ मिनेटमा पेडर्सन तथा ३५ औँ मनिेटमा हानले गोल गरेका हुन् ।

बार्यन म्युनिखका लागि ३८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए। तर सो गोल बार्यनको हार टार्न पर्याप्त भएन । हारपछि शीर्ष स्थानको बार्यनको १२ खेलबाट २८ अंक छ । जित निकालेको अग्सबर्ग १२ अंकसहित १५ औँ स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top