ट्रेण्डिङ

होमपेज / खेलकुद

स्पेन लगातार १२औं पल्ट विश्वकपमा छनाेट

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार १३:२०:४१ मा प्रकाशित

विश्वकपको युरोपेली छनोट अन्तर्गत नै समूह बीको खेलमा अल्भारो मोराटाले खेलको अन्त्यतिर गरेको निर्णायक गोलसँगै स्वीडेनलाई हराएर स्पेन विश्वकपमा छानिएको छ । यो परिणामपछि स्वीडेनले मार्चमा प्लेअफ खेल्नुपर्ने भएको छ। ड्यानी ओल्मोको प्रहार क्रसबारमा लागेर फर्किँदा त्यसलाई स्वीडिस गोलरक्षकले समाउने प्रयास गरेका थिए । तर त्यसअघि नै अल्भारो मोराटाले ट्यापइन गोल गरिदिए । लुइस इनरिके प्रशिक्षित स्पेनका लागि यो खेलमा बराबरीको नतिजा पर्याप्त थियो ।स्वीडेनका लागि भने समूहको शीर्ष स्थनमा रहन जित नै चाहिन्थ्यो ।

स्पेन लगातार १२औं पल्ट विश्वकपमा छनोट भएको छ । सर्विया र स्पेनसँगै युराेपबाट यसअघि डेनमार्क, जर्मनी, फ्रान्स र बेल्जियम छनाेट भइसकेका छन् भने दक्षिण अमेरिकाबाट ब्राजित र अर्जेन्टिना पनि सिधा छनाेट भइसकेका छन् । आयाेजक कतारसहित नाै टाेलीले विश्वकप खेल्ने निश्चित भएकाे छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top