ट्रेण्डिङ

होमपेज / खेलकुद

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

नेपालगाथा २०७८ कार्तिक १६ गते मंगलबार १४:२०:३२ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन्

।साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए ।माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top