ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र ताजकिस्तान आज सामना गर्दै

एएफसी यू–२३ एसियन कप

नेपालगाथा २०७८ कार्तिक ११ गते बिहीबार १३:१४:५७ मा प्रकाशित

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा छ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले पराजित भएकाले पनि नेपाल घरेलु टोलीविरुद्ध मैदान उत्रँदा पहिलो अङ्कको खोजीमा हुनेछ। हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई आजको खेलमा जितको विकल्प हुने छैन।

आफ्नो पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। सोही लयलाई ताजकिस्तान निरन्तरता दिने अभियानमा छ। समूह ‘बी’मा तीन अङ्क जोडेको इरान शीर्ष र तीन अङ्क नै जोडेको ताजकिस्तान दोस्रो स्थानमा छ। अङ्कविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ। एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने छ।

११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top