होमपेज / खेलकुद
काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अब दुई वर्ष नेपाल बस्ने बताएका छन् ।
साफ च्याम्पियनसिपमा उपविजेता नेपाली फुटबल टोलीलाई आज नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष शेर्पाले अल्मुताइरीले अझै दुई वर्ष नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने बताए ।
अल्मुताइरीले पनि सामाजिक सञ्जालमा पाेस्ट सेयर गर्दै आफूले अझै दुई वर्षको लागि सम्झौता गरेको जानकारी दिएका छन् ।अल्मुताइरीले लेखेका छन्, 'एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले तीन वर्षका लागि सम्झौता गरेको छु ।' उनकाे एक वर्ष पूरा हुनै बाँकी छ ।