ट्रेण्डिङ

होमपेज / खेलकुद

टी–२० विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

नेपालगाथा २०७८ कार्तिक ८ गते सोमबार ०९:०५:३७ मा प्रकाशित

काठमाडौँ। विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबईमा गए राति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो । टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो अवसर हो । गए राती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

उसका लागि विराट कोहलीले सर्वाधिक ५७ रन जोड्दा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेटले लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो । पाकिस्तानको लागि मोहोमद रिजवानले अविजित ७८ रन तथा कप्तान बाबर आजमले ६८ रनको योगदान दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top