ट्रेण्डिङ

होमपेज / खेलकुद

टी-ट्वेन्टी विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

नेपालगाथा २०७८ कार्तिक ७ गते आइतबार १४:१२:०३ मा प्रकाशित

काठमाडौं । टी-ट्वेन्टी विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ ।दुई टिम सन् २०१६ विश्वकपपछि पहिलोपल्ट टी-ट्वेन्टीमा खेल्न लागेका हुन् । भारत र पाकिस्तानबीच पछिल्लो टी-ट्वेन्टी भिडन्त १९ मार्च २०१६ मा भएको थियो । त्यो म्याचमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।  

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top