ट्रेण्डिङ

होमपेज / खेलकुद

इङ्लिस प्रिमियर लिग:फोडेनको दुई गोलमा सिटीको सहज जित

नेपालगाथा २०७८ कार्तिक ७ गते आइतबार १०:१७:५६ मा प्रकाशित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ । सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

सुरुबाट नै हाबी बनेको भ्रमणकारी सिटीका लागि फोडानले दुई गोल गर्नुका साथ अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । सिटीले इल्के गुन्डोगनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । २८औं मिनेटमा फोडानले सिटीको अग्रता दोब्बर बनाए । ३१औं मिनेटमा फोडानले अर्को गोल थपे ।

८१औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलबाट ब्राइटनले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । इन्जुरी समयमा फोडानको पासमा रियाद माहरेजले अर्को गोल थपेपछि सिटीले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो । 

जितपछि सिटी ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको चेल्सीको २२ अंक छ ।ब्राइटन समान खेलबाट १५ अंकसहित चौथो स्थानमा छ ।लिगकै अन्य खेलमा वाटफोर्डले जोसुअ किङको ह्याट्रकिमा एभरटनलाई ५-२ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top