ट्रेण्डिङ

होमपेज / खेलकुद

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी

नेपालगाथा २०७८ कार्तिक ४ गते बिहीबार ०८:४३:२४ मा प्रकाशित

काठमाडौं ।  युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

रंगशालामा दर्शकले रोनाल्डोको नाम गुञ्जयमान बनाए । पोर्चुगलका स्टार रोनाल्डोले खेल सकिन नौ मिनेट बाँकी हुँदा गरेको गोल च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई जिताउन निर्णायक बन्यो ।एट्लान्टाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । उसका लागि पासालिकले १५ मिनेट र डेमिरलले २८ मिनेटमा गोल गरेका थिए। 

५३औं मिनेटमा मार्कुश राशफोर्डले गरेको गोलबाट युनाइटेडले पुनरागमन गर्यो । ७५औं मिनेटमा फर्नान्डेजकै पासमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए । ८१औं मिनेटमा लुक शको क्रसलाई रोनाल्डोले हेडमार्फत पोष्ट दिएपछि युनाइटेड तीन अंक जोड्न सफल भएको थियो । 

जितपछि तीन खेलबाट ६ अंकसहित म्यानचेस्टर युनाइटेड समूहको शीर्ष स्थानमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top