ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ उपविजेता फुटबल टिमका जनही खेलाडीलाई पाँच लाख

प्रशिक्षकलाई तीन लाख

नेपालगाथा २०७८ कार्तिक १ गते सोमबार २०:४२:१५ मा प्रकाशित

काठमाडौं । सरकारले साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले फुटबल खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार साफमा सहभागी राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रशिक्षकहरुलाई प्रोत्साहनवापत ३ लाख दिने निर्णय भएको छ ।

नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपमा उपविजेता बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top