ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ च्याम्पियनसिप : नेपालले आज बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपालगाथा २०७८ आश्विन २७ गते बुधबार ०७:०१:५७ मा प्रकाशित

काठमाडाैं ।  नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन्। बंगलादेशविरुद्धको खेलअघि मंगलबार सम्पन्न प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने स्पष्ट पारेका हुन्।

फाइनलमा स्थान बनाउन प्रतियोगितामा सहभागी नेपालबाहेक सबै टोली दबाबमा थिए । नेपाल सबभन्दा सहज स्थितिमा थियो । तर, आइतबार राति भारतसँग पराजित भएपछि नेपाल एकाएक दबाबमा परेको छ ।प्रतियोगितामा अब लिगका अन्तिम चरणको खेल मात्र बाँकी छन् । त्यसमा नेपालले बंगलादेशविरुद्ध र भारतले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्स साविक विजेता पनि हो ।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन्।मालेस्थित नेशनल रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top