होमपेज / खेलकुद
काठमाडौं । दक्षिण अमेरिकी विश्व कप छनोटमा ब्राजिलको विजयी यात्रामा कोलम्बियाले सोमबार बिहान पूर्ण विराम लगाइदिएको छ ।
कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा कोलम्बियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । बराबरीमा रोकिएसँगै ब्राजिलको जित यात्रामा पूर्णविराम लागेको छ ।
छनोट प्रतियोगितामा लगातार ९ खेलमा विजय हासिल गरेको ब्राजिल पहिलो पटक बराबरीमा रोकिएको हो । यसअघि ब्राजिल र अर्जेन्टिनाबीचको खेल सात मिनेट खेलेर स्थगित भएको थियो ।