होमपेज / खेलकुद
काठमाडौं । सुरुबाट रक्षात्मक रणनीतिमा उत्रिएको नेपाल हिजाे साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको छ ।
खेलको ८२ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । यसअघि खेलको ८० मिनेटसम्म रक्षात्मक रणनीति अनुसार खेलेको नेपालले पछिल्लो १० मिनेट आक्रामक खेल खेल्यो । तर यो समयमा बनाएको केही मौका सदुपयोग गर्न नसक्दा नेपाल पराजित बनेको हो ।
यससँगै भारतलाई प्रतियोगिताबाट बाहिर पठाउने राम्रो अवसर नेपालले गुमाएको छ । दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेपनि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज रक्षात्मक रणनीति अपनाएका थिए ।