ट्रेण्डिङ

होमपेज / खेलकुद

आइपिएल: फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

नेपालगाथा २०७८ आश्विन २४ गते आइतबार १७:२२:४८ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी संस्करणमा आजबाट प्ले अफ चरणका खेल सुरु हुँदै छन्। जहाँ पहिलो क्वालिफायर भिडन्त अर्थात् फाइनल प्रवेशको पहिलो भिडन्तमा चेन्नई सुपर किङ्सले साविक फाइनलिस्ट दिल्ली क्यापिटल्सको सामना गर्नेछ।

यो भिडन्तमा जित्ने टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अर्को एक मौका पाउनेछ। इलिमिनेटर चरणमा बेङलोर र कोलकाताबीचको विजेतासँग आज पराजित टोलीले फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने पाउनेछ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लिग चरणमा दिल्लीसँग पराजित भएको थियो। लिग चरणका पछिल्ला तीन खेलमा चेन्नई राजस्थान, दिल्ली र पञ्जावसँग पराजित भएको थियो। दिल्लीसँग भने चेन्नई पछिल्लो चार खेलमा लगातार पराजित छ।

जारी सिजनमा दिल्ली  राम्रो फर्ममा रहेको छ। यद्यपि अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेङलोरसँग दिल्ली पराजित भएको थियो। दिल्लीले मार्कस स्टोइनिसको फिटनेसमा अझै पनि सस्पेन्स कायमै छ। यद्यपि उनी फिट भएमा भने टोलीमा रहनेछन्। यस्तो अवस्थामा उनले रिपल पटेलको स्थानमा प्लेइङ ११ मा स्थान बनाउनेछन्।

चेन्नईका लागि भने जारी सिजन सुरेश रैना फ्लप सावित भएका छन्। चेन्नईले उनको स्थानमा पछिल्ला दुई खेलमा रोबिन उथप्पालाई मैदानमा उतारेको थियो। यद्यपि उनी पनि प्रभावकारी भएनन्। फाइनल प्रवेशको महत्वपूर्ण स्पर्धामा कुन टोलीले कस्तो प्रदर्शन गर्छन् त्यो भने प्रतीक्षाको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top