होमपेज / खेलकुद
काठमाडाैं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियाेगितामा आज नेपाल र भारत भिड्दै छन्। माल्दिभ्स नेसनल फुटबल स्टेडियममा नेपाली समयअनुसार आज राति ९:४५ बाट खेल सुरु हुनेछ। यसअघिका दुई खेलमा जीत हासिल गर्दै नेपाल अंक तालिकाकाे शीर्ष स्थानमा छ।
पहिलाे खेलमा माल्दिभ्सविरुद्ध र दाेश्राे खेलमा श्रीलंकाविरुद्ध जीत हासिल गरेकाे नेपाल उच्च आत्मविश्वासका साथ मैदानमा उत्रनेछ। यता भारत श्रीलंकासँग बराबरीमा राेकिएकाे थियाे भने बङ्गलादेशविरुद्ध पनि १-१ काे बराबरीमा खेल टुंगिएकाे थियाे। भारत हाल अंक तालिकाकाे चाैथाे स्थानमा छ।