ट्रेण्डिङ

होमपेज / खेलकुद

अल्मुताइरीले भने-भारतको सम्मान गछौँ तर डराएर खेल्दैनौँ

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार १७:३१:३२ मा प्रकाशित

काठमाडौं ।  नेपालले साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको सामना गर्दैछ र त्यस अगाडि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सबै नेपाली समर्थकलाई संयमित रहन अनुरोध गरेका छन् । 

अल्मुताइरीले साफ च्याम्पियनसिपमा आइतबार भारतविरुद्ध खेल्दा उनीहरूलाई सम्मान गर्ने तर डराएर नखेल्ने बताएका छन् ।‘‘भारत सबै हिसाबले बलियो टोली हो । तर, त्यसको मतलब हामी कमजोर छौँ भन्ने होइन । हामी पनि जित्नकै लागि खेल्नेछौँ,’’ आज माल्दिभ्सको मालेमा सम्पन्न पत्रकार सम्मलेनमा अल्मुताइरीले भने, ‘‘हामीसँग दुई खेल बाँकी छन् र फाइनलको नजिक छौँ । हामी भारतलाई सम्मान गछौँ । तर, हामी डराउँदैनौँ । गोर्खाली हौँ, जित्नकै लागि खेल्छौँ ।’’

नेपाल पहिलो दुई खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top