होमपेज / खेलकुद
काठमाडौं । हङकङसँग गोलरहित बराबरी खेलेको नेपाल एएफसी महिला एसियन कप २०२२ मा छनोट हुन असफल भएको छ।
मंगलबार भएको खेलमा नेपालले हङकङसँग बराबरी खेल्दा समूह चरणबाट बाहिरिएको हो ।पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो ।
मंगलबार उज्वेकिस्तानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। आजको खेल जितेको भए नेपालले आगामी वर्ष भारतमा हुने एसियन कपमा छनोट हुन सम्भावना जीवित नै रहन्थ्यो । यता हङकङलाई भने छनोट हुने मौका छ । हङकङले दोस्रो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ ।