होमपेज / खेलकुद
काठमाडौं । हङकङविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती–११ सार्वजनिक गरिएको छ ।
फिलिपिन्सविरुद्धको पहिलो रोजाईमा खेलेको भन्दा टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको सुरुवाती–११ सार्वजनिक गरेका हुन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
डिफेन्डर पुजा रानाको स्थानमा बिमला विकले पहिलो रोजाईमा मौका पाइन् । चोटका कारण पुजाले फिलिपिन्सविरुद्धको खेल गुमाएकी थिइन् । उनको स्थानमा बिमलाले नै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । गोलकिपरको भूमिकामा भने एन्जिला तुम्बाप्पो सुब्वाले छन् ।
यस्तो छ नेपालको सुरुवाती–११
गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना र विमला विक ।
मिडफिल्डर – रेनुका नगरकोटी, सरू लिम्बू र मञ्जलीकुमारी योञ्जन
फरवार्ड – सविता राना, विमला चौधरी र प्रिती राई ।