ट्रेण्डिङ

होमपेज / खेलकुद

एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १८:००:३० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हारेको हो । नेपालको लागि खेलको १० मिनेट बिमला चौधरीले गोल गरेकी थिइन् ।

यता, फिलिपिन्सका लागि खेलको अन्तिम मिनेटमा थानिया अनिसले बराबरी गोल फर्काइन् । इन्ज्युरी समयमा कामिला विल्सनले गोल गर्दै टिमलाई २–१ को जित दिलाइन् ।यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top