ट्रेण्डिङ

होमपेज / खेलकुद

अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

नेपालगाथा २०७८ आश्विन १ गते शुक्रबार १६:०७:१४ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अहिले अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा तानिएको छ। खेल ओमानको अल अमारत क्रिकेट मैदानमा अहिले सवा ४ बजे सुरु हुनेछ । नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । विक्रम सोबको स्थानमा गुल्सन झाले खेल्नेछन्। तिब्र गतिका बलर गुल्सनले अमेरिकाविरुद्ध सिनियर टिममा डेब्यु गरेका हुन्। नेपालले सिरिज अन्तर्गत अमेरिकाविरुद्ध अहिलेसम्म खेलेका तीन वटै खेलमा जित हासिल गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top