ट्रेण्डिङ

होमपेज / खेलकुद

लिड्स युनाइटेडमाथि लिभरपुलको प्रभावशाली जीत

नेपालगाथा २०७८ भाद्र २८ गते सोमबार १०:४७:४० मा प्रकाशित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० ले पराजित गरेको छ। गएराति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलका लागि  मोहोमद सालाह, फाबिनो र सादियो मानेले एक एक गोल गरे। यो सँगै सालाहले लिभरपुलका लागि सय गोल पूरा गरेका छन्। सालाहले टोलीको लागि एक सय सय गोल गरेका हुन्।

 यो जितसँगै लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेड र दोस्रो स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। ४ खेलबाट तिनवटै टोलीको समान १० अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा रहँदा चेल्सी दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top