होमपेज / खेलकुद
काठमाडौं । बार्सिलोनाका स्टार एन्टोनिओ ग्रिजम्यान आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन्। स्पेनिस ला-लिगा च्याम्पियन एथ्लेटिकोले ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको हो। एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो। ग्रिजम्यान सन् २०१९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए। उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड खर्चिएको थियो।
उनले यसअघि एथ्लेटिको म्याड्रिडमा रहँदा २५७ खेलमा १३३ गोल गरेका थिए। एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक तिर्नु पर्ने छ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नु पर्ने छ। ३० वर्षिय ग्रिजम्यानले बार्सिलोनामा रहँदा १०२ खेलमा ३५ गोल गरेका छन्। आर्थिक रुपमा संघर्षरत बार्सिलोना छोड्ने ग्रिजम्यान ११ औँ खेलाडी हुन्। एजेन्सी ।