ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएसजीको लगातार चौथो जीत, मेस्सीको डेब्यू

फ्रेन्च लिग वान

नेपालगाथा २०७८ भाद्र १४ गते सोमबार ०९:५८:११ मा प्रकाशित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा  पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले  हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ। उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए।

 ​पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका छन्। मेस्सी ६६औं मिनेटमा नेइमारको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। उनले मैदानमा समर्थकबाट दरिलो साथ पाएका  थिए। मेस्सी  बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top