ट्रेण्डिङ

होमपेज / खेलकुद

ला–लिगामा संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा

नेपालगाथा २०७८ भाद्र १३ गते आइतबार ०९:४५:५५ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला–लिगामा संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल बेटिसलाई १–०ले हराउँदै मड्रिड तालिकाको शीर्षमा स्थान बनाउन सफल भयो। खेलको ६१ औं मिनेटमा मड्रिडका डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए।

जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन्। पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ। गएराति भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १–० तथा रियल सोसिडाडले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरे। इल्चे र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top